Nic Ad Nic Ad
Nic Ad Nic Ad

आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनको विजय हुन्छ : गगन थापा

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ— नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारुढ गठबन्धन विजयी हुने दावी गरेका छन् । काठमाडौँ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहेका महामन्त्री थापाले सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा विजयी भएर पुन: सरकार बनाउने दावी गरे । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उहाँले विगतको पाँच वर्ष खेर गएको उल्लेख गर्दै आफूहरुले जितेमा त्यो समयलाई खेर जान नदिने प्रतिवद्धता व्यक्त गरे । महामन्त्री थापाले निराश र आक्रोशित जनताको मत लिएर सरकार बनेपछि सत्तारुढ गठबन्धनले त्यसलाई खेर जान नदिने गरी काम गर्ने प्रतिवद्धता जनाए । जनमतको कदर हुनेगरी काम गर्न सकिएन भने जनताले विरोध गर्ने उनको भनाइ छ । गएको पाँच वर्ष खेर गयो । अवको पाँच वर्ष खेर जान दिनु हुन्न । त्यो जान नदिने जिम्मेवारी हाम्रो हो नेता थापाले भने । आगामी निर्वाचनपछि संघ र सात वटा प्रदेशमा पनि गठबन्धनको सरकार बन्ने उनले दावी गरे । महामन्त्री थापाले आगामी निर्वाचनपछि आफूले सरकारको नेतृत्व गर्न चाहेको पनि दोहोर्‍याए। त्यसका लागि पार्टी भित्रका साथीहरुले आफूलाई साथ दिनुपर्ने उनको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०४:३१
प्रतिक्रिया दिनुहोस्