यस्ताे छ आजकाे विनिमय दर
काठमाडाैँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ०७ पैसा र बिक्री दर १३२ रुपैयाँ ६७ पैसा रहेको छ। युरो एकको खरिद दर १३२ रुपैयाँ ३२ पैसा र बिक्री दर १३२ रुपैयाँ ९२ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ७५ पैसा र बिक्री दर १५३ रुपैयाँ ४४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २७ पैसा र बिक्री दर ३६ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी रियाल १ काे खरिद दर ३५ रूपैयाँ १३ पैसा रहेकाे छ भने बिक्रीदर ३५ रूपैयाँ २९ रहेकाे बैंकले जनाएकाे छ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०१:३०
प्रतिक्रिया दिनुहोस्