Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्वकप २०२२ : अष्ट्रेलियाका खेलाडीहरूले गरे कतारको आलोचना

बिहीबार, मंसिर ८, २०७९

एजेन्सी - अष्ट्रेलियाका खेलाडीहरुले कतारको मानवअधिकार रेकर्डको विरूद्ध सामूहिक बयान जारी गरेको छ । अष्ट्रेलिया त्यसो गर्ने पहिलो २०२२ विश्वकप टोली बनेको छ।

भिडियो सन्देशमा विश्व कप आयोजकहरूले आप्रवासी कामदारहरू र अन्य कामदारहरूलाई गरेको व्यवहारको आलोचना गरेको छ।

फुटबल अष्ट्रेलियाले पनि एक विज्ञप्ति जारी गर्दै टूर्नामेंटका कारण कामदार र उनीहरूका परिवारले महसुस गरेको पीडालाई बेवास्ता गर्न नसकिने बताएको छ। अष्ट्रेलियाले नोभेम्बर २० बाट कतारमा सुरु हुने प्रतियोगितामा खेल्नेछ।

कतारको आलोचना गर्नेहरुमा १६खेलाडीहरू छन् । आप्रवासी कामदारहरूका लागि ‘प्रभावी उपचार’ र समलिङ्गी सम्बन्धहरूलाई अपराधीकरण गर्न पनि उनीहरुले आह्वान गरेको छ ।

भिडियोमा संलग्न १६ अष्ट्रेलियाका खेलाडीहरूमा कप्तान म्याट रायन, सन्डरल्याण्डका डिफेन्डर बेली राइट, हार्ट्सका के राउल्स र खेलाडी युनियन प्रोफेसनल फुटबलर अष्ट्रेलियाका अध्यक्ष एलेक्स विल्किन्सन समावेश छन् । जसले पछिल्लो पटक २०१५ मा सकरोसको प्रतिनिधित्व गरेका थिए।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:२४
प्रतिक्रिया दिनुहोस्