पटका पड्काउँदा स्वास्थ्यमा यस्तो गम्भीर असर पर्छ
काठमाडौँ - तिहारमा पटका पड्काउँदा स्वास्थ्यमा धेरै असर पर्न सक्छ। होशियार नरहेमा जुनसुकै बेला स्वास्थ्यसम्बन्धी गम्भीर समस्या निम्तिन सक्छ। तसर्थ आँखामा हाल्ने ड्रप्स, पोल्दा लगाउने मल्हम आफूसँगै राख्नुपर्छ।
पटकाको ठूलो आवाजले कानको श्रवण शत्तिमा हानी पुर्याउन सक्ने र बहिरो हुने समस्या समेत आउन सक्छ। तसर्थ पटका पड्काईएको स्थानमा घुम्दा कानमा प्लग वा रुई राख्नुपर्छ।
पटकाका कारण आगोको जोखिम हुने भएकोले सकभर नाइलनको कपडा लगाउनु हुँदैन।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:०३
प्रतिक्रिया दिनुहोस्