Nic Ad Nic Ad
Nic Ad Nic Ad

चुट्किला

बिहीबार, मंसिर ८, २०७९
पिसाब जँचाउन आको दुई जना मान्छे डाक्टरको क्लिनिकमा जँचाउनको लागि बसिरहेका थिए । यत्तिकैमा एउटा मान्छे अचानक रुन थाल्यो । अर्को मान्छे छक्क प¥यो र पहिलो : दाइ तपाईँ किन रुन भएको ? दोस्रो : म यहाँ रगत जँचाउनको लागि आएको त्यसैले रोएको । पहिलो : रगत जाँच्न पनि डराएर रुनु पर्छ त ? दोस्रो : होइन डराएर होइन, रगत जाँच्ने क्रममा डाक्टरले मेरो औँला काट्छ नि त्यसैले दुख्ने सम्झेर रोएको । त्यत्तिकैमा पहिलो मान्छे पनि रुन थाल्यो । दोस्रो : हैन तपाईँ चाहिँ किन रुन थाल्नु भयो ? पहिलो : तपाईँ त रगत जँचाउन आउनु भएको औँला मात्र काटेर जाँच्छ । म त पिसाब पो जँचाउन आएको ....त्यसैले.....। यस्तो गर्न सक्छौ श्रीमती ः हेर त त्यो केटो त्यस केटीलाई चुम्बन गरिरहेको छ । के तिमी पनि यस्तो गर्न सक्छौ ? श्रीमान् ः म त, त्यो केटीलाई चिन्दा पनि चिन्दिनँ .....। साभार: ‘हँसाउने जोक्स’ पुस्तकबाट
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २३:२९
प्रतिक्रिया दिनुहोस्