बच्चाको मालिस गर्दै हुनुहुन्छ भने ध्यान दिनुहोस्
काठमाडौँ - बच्चा जन्मिएपछि हामी बच्चाको स्वास्थ्य राम्रो बनाउन विभिन्न उपायहरु अबलम्बन गछौं । बजारमा पाइने विभिन्न कुराहरु प्रयोग गछौं । बच्चा स्वास्थ्य र निरोगी बनाउन हामी विभिन्न तेलहरुले मालिस गर्ने वा हिटर, कोइला तथा घाममा सेक्ने गछौं । यसरी मालिस गर्दा नजानेर विभिन्न घटना हुने पनि गर्दछ । बच्चालाई राम्रोसँग सेक्न र स्वास्थ्य राख्न निम्न कुराहरु अवलम्बन गर्न सकिन्छः
– बच्चालाई शुद्ध घिउ वा मक्खनले मालिस गर्दा राम्रो हुन्छ। जैतुनको तेलले पनि मालिस गर्न सकिन्छ। यी सबै नभएको अवस्थामा सर्स्युँ वा नरिवलको तेल पनि प्रयोगमा ल्याउन सकिन्छ। घिउको मालिसले बच्चाको विकासमा सहयोग पु¥याउँछ। – बच्चालाई मालिस गर्दा घाममा राख्नु राम्रो हुन्छ। यस्तो गर्दा जुन बच्चालाई आमाको दूधबाट भिटामिन ‘डी’ प्राप्त हुँदैन, घामबाट प्राप्त हुन्छ। भिटामिन ‘डी’ ले बच्चाको हड्डी तथा अन्य अङ्गलाई बलियो बनाउँछ। कैयौँ प्रकारका रोगहरूबाट पनि बचाउँछ। – जुन बच्चा जन्मदेखि नै दुर्बल छ, पछि कुनै रोगको कारण दुर्बल भएको छ या जुन बच्चाको विकाश राम्रोसँग भइहरेको छैन, ती बच्चाको लागि माछाको तेलले मालिस गर्दा निकै राम्रो हुन्छ। मालिस गरेपछि केही समय घाममै रहन दिनुपर्छ। – बच्चाको मालिस बच्चाकै आमाद्वारा गर्नु राम्रो हुन्छ। यसरी आमाद्वारा मालिस गर्दा आमाको प्रेम पनि बच्चामा जान्छ। जसले गर्दा बच्चालाई विभिन्न तरिकाबाट फाइदा पुग्छ। – बच्चाको मालिस गर्दा मांसपेशीलाई हातका औँलामा हल्कासँग पक्डेर मालिस गर्नुपर्छ। साभारः ‘स्वास्थ्य विज्ञान’ पुस्तकबाट
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २३:०९
प्रतिक्रिया दिनुहोस्