सफलतामा पुग्नको लागि पहिले आफ्नो प्रतिस्पर्धात्मक योग्यतामा स्पष्ट हुनुस्
काठमाडौँ - तपाईंले आफैसँग सबैभन्दा पहिलो प्रश्न सोध्नुपर्छ, ममा प्रतिस्पर्धात्मक योग्यता भएको के कुरा छ ? त्यो कुन कुरा हो जुन गर्नमा तपाईंलाई विशेषज्ञता प्राप्त छ ? त्यो के छ जुन तपाईं अरुले भन्दा राम्रो तरिकाले गर्न सक्नुहुन्छ ? तपाईंसँग त्यो कुन योग्यता छ, जसको कारण आजसम्म तपाईंले यतिका उन्नति गर्नुभएको छ ? तपाईं कुन काममा राम्रो हुनुहुन्छ ?
तपाईंको दोस्रो प्रश्न हो, मेरो उद्योगको दिशा देखेर, आजदेखि तीन या पाँच वर्षपछि मेरो प्रतिस्पर्धात्मक योग्यता के हुनेछ ? यदि चीन आजको तर्जमा भैरह्यो भने तपाईं तीनदेखि पाँच वर्षपछिको स्थिति देख्न सक्नुहुन्छ र वरिपरि हेर्नुहोस् तब तपाईंको रायमा तपाईं कुन काम राम्रो तरिकाले गर्न सक्नुहुन्छ ?
कयौँ मानिसलाई दुवै प्रश्नको जवाफ दिनमा समस्या आउँछ । उनीहरुलाई यो थाहा हुन सक्दैन कि आज उनीहरुको प्रतिस्पर्धात्मक योग्यता के हो र यसको कारणले उनीहरुले यो थाहा हुँदैन कि भविष्यमा उनीहरुको प्रतिस्पर्धात्मक योग्यता के हुनेछ । यदि तपाईं यो स्थितिमा हुनुहुन्छ भने तपाईंमा कम उपलब्धी प्राप्त गर्ने र क्यारियरमा असफल हुने खतरा मडारिरहेको छ ।
साभारः ‘सोच बदलौँ, जिन्दगी बदलौँ’ पुस्तकबाट