एयरपोर्टको धावन मार्गमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
काठमाडौँ - सन्धिखर्क नगरपालिका वडा नं.१० शिखरबार्नीमा निर्माणाधीन एयरपोर्टको धावन मार्गमा मोटरसाइकल दुर्घटना परी अर्घाखाँचीमा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।
दुर्घटनामा परी सन्धिखर्क नगरपालिका वडा नं.१ का २६ वर्षीय रोशन सुनाम र २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
प्रहरीकाअनुसार घटना बिहीबार राती ११ बजेतिरको हो। मृत्यु भएका दुबै जना प्रदेश नम्बर २-०३८ प ५०३२ नम्बरको मोटरसाइकलमा सवार थिए।
सँगै दुर्घटनामा परेको बा २५ प ८८७६ नम्बरको मोटरसाइकलमा सवार सन्धिखर्क–२ का ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते भएका छन्। घाइते दुबै जनाको बुटवलस्थित मर्सिटी हस्पिटलमा उपचार जारी रहेको छ। घाइतेमध्ये पराजुलीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं.१० शिखरबार्नीमा निर्माणाधीन एयरपोर्टको धावन मार्गबाट २ मोटरसाइकल झन्डै एक सय मिटर तल खसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
तीव्र गतिका मोटरसाइकल रातीमा बाटो बिराएर खसेको हुन सक्ने अनुमान भइरहेको छ । मृतक दुबै जनाको शब पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाइएको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०७:२०
प्रतिक्रिया दिनुहोस्