नेपालमा युरोपियन फिल्म हेर्नु सस्तोमा युरोप घुम्नु जस्तै हो : केकी अधिकारी
काठमाडौँ - अभिनेत्री केकी अधिकारीले नेपालै युरोपियन फिल्म हेर्नु भने सस्तोमा युरोप घुम्नु सरह भएको बताएकी छिन्। नेपाल युरोपियन फिल्म फेस्टिभलको सद्भावना दूत रहेकी केकीको फिल्म महोत्सवले संसारका फिल्म कौशल जान्ने अवसर दिने धारणा रहेको छ।
‘फिल्म हेरिरहँदा युरोपका ठाउँसँगै युरोपको कला संस्कृतिसँग पनि साक्षात्कार हुने अवसर पाइने भएकाले आफूले यसलाई विना पैसा वा सस्तोमा युरोप घुम्ने मौकाका रुपमा लिएको छु,’ उनले भनिन् ।
नेपाल युरोपियन फिल्म फेस्टिभलको ११ औँ संस्करण काठमाडौँमा शुक्रबारबाट सुरु भइरहेको छ। अनलाइन र भौतिक गरी मिश्रित माध्यमबाट सञ्चालन हुने फेस्टिभल यो पटक काठमाडौँ र सुर्खेत गरी २ स्थानमा सञ्चालन भएको हो।
महोत्सवमा १३ वटा प्रतिष्ठित अवार्ड प्राप्त युरोपिनय फिल्महरु देखाइँदैछन्। महोत्सवमा १३ युरोपेलीका अलवा ३ नेपाली फिल्म प्रर्दशन समेत हुने आयोजकले जनाएको छ। नेपालका तर्फबाट सुजित बिडारी लिखित तथा निर्देशित ‘ऐना झ्यालको पुतली’ पनि रहेको छ।