रिसोर्टमा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौंको एक रिसोर्टबाट जुवा खेलेको आरोपमा १८ जनालाई पक्राउ गरेको छ । गएराित ८ बजेतिर नागार्जुन नगरपालिका–७ स्विजरल्यान्डपार्कनजिकै उदयराज पुरीले सञ्चालन गरेको ‘दहचोक सिटी भ्यू रिसोर्ट प्रालि’बाट उनीहरुलाई पक्राउ गरिएको प्ररहीले जनाएको छ ।
जुवा र कौडा खेलिरहेको आरोपमा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । उनका अनुसार उनीहरूबाट ३ लाख ८२ हजार ५९५ रुपैयाँ बरामद भएको छ ।
यस्तै १५ बुक तास र १६ थान कौडा पनि बरामद भएको प्रहरीले जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०७:०६
प्रतिक्रिया दिनुहोस्