अफगानिस्तान र आयरल्यान्डको खेल रद्द
काठमाडौँ- आईसीसी टी-२० विश्वकपमा अफगानिस्तान र आयरल्यान्डबीचको खेल रद्द भएको छ । मेलबर्न क्रिकेट मैदानमा शुक्रबार तय भएको पहिलो खेल वर्षाका कारण रद्द भएको हो ।
खेल रद्द भएसँगै दुवै टोलीले एक एक अंक बाँडेका छन् । जारी विश्वकपमा वर्षाका कारण खेल रद्द भएको यो तेस्रो खेल हो । यसअघि जिम्बावे र दक्षिण अफ्रिका, न्युजिल्यान्ड र अफगानिस्तानबीचको खेलपनि वर्षाका राकण रद्द भएको थियो ।
वर्षाले विथोलेको इङ्ल्यान्ड र आयरल्यान्डबीचको खेलको नतिजा भने डकवर्थ लेविस प्रणालीका आधारमा निकालिएको थियो ।
शुक्रबारको पहिलो खेल रद्द भएसँगै दुई खेलबाट तीन अंक बनाएको न्युजिल्यान्ड समूहको शीर्षस्थानमा छ । तीन खेल खेलेको आयरल्यान्ड एक अंकसहित तेस्रो स्थानमा छ । आजै अर्को खेलमा आयोजक अष्ट्रेलिया र इङ्ल्यान्ड भिड्दैछन् । एजेन्सी
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०१:५२
प्रतिक्रिया दिनुहोस्