पीएम कप क्रिकेट : मधेश टोलीको घोषणा
काठमाडौं- यही कात्तिक १३ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना हुन लागेको प्रधानमन्त्री (पीएम) कप क्रिकेटका लागि मधेश प्रदेश टोलीको घोषणा गरिएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा त्रिवि मैदान कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिताका लागि मधेश प्रदेशले शुक्रबार हरिशंकर साहको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । मुख्य प्रशिक्षक सुनिल साहले टोलीमा चार जनालाई वैकल्पिक खेलाडीमा राखेका छन् ।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीयसहित १० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
मधेश प्रदेश टोलीमा कप्तान हरिशंकर साहसहित विवेक यादव, सन्तोष कार्की, अनिलकुमार साह, रतन रौनक, दाब्लु मलिक, इमरान शेख, रोहन विक, विशाल पटेल, रुपेश सिंह, राजेश यादव, आदील आलम, विशाल सुसिङ र प्रदीप पासवान छन् ।
यस्तै वैकल्पिक खेलाडीहरूमा राकेश कमत, अविशेक तिवारी, अजय यादव र संसद अन्सारी छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ००:०२
प्रतिक्रिया दिनुहोस्