नेपाली भाषा, साहित्यको श्रीवृद्विमा जोशीको योगदान अमूल्य : प्रधानमन्त्री देउवा
ललितपुर- प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली भाषा, साहित्य श्रीवृद्विमा वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले खेलेको सिर्जनात्मक भूमिकाको छुट्टै महत्व रहेको बताएका छन् ।
ललितपुरमा शुक्रबार आयोजित स्वर्गीय जोशीको श्रद्वाञ्जली सभालाई सम्बोधन गर्दै उनले जोशी निरंकुश पञ्चायतकालीन शासनदेखि २०६२÷६३ सालसम्म भएको परिवर्तनको इतिहासको साक्षी रहेको बताए ।
प्रधानमन्त्री देउवाले भने, “जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले पुरातत्व संस्कृति विभागको निर्देशक बनाउनुभएको थियो । बीपी कोइरालाले त्यति बेला नै उहाँको क्षमताको पहिचान गर्नुभएको थियो । नेपाली भाषा, साहित्य श्रीवृद्विका लागि जोशीले खेलेको सिर्जनात्मक भूमिका छुट्टै रहेको छ ।”
जोशीले मुलुकलाई दिएको अमूल्य योगदानको सम्मानमा सरकारले शताब्दी पुरुषको उपाधि दिएको उनले चर्चा गरे ।
प्रधानमन्त्री देउवाले देशलाई चिनाउने सबैभन्दा महत्वपूर्ण आधार संस्कृति रहेको र जोशीको निधनले राष्ट्रलाई ठूलो क्षति पुगेको बताए ।
उनले भने, “राष्ट्रलाई ठूलो क्षति भएको छ । उहाँको योगदान राष्ट्रको सम्पत्ति हो, यसको संरक्षण गर्नुपर्दछ । यसमा सरकारले सहयोग पु¥याउने प्रतिबद्वता व्यक्त गर्दछु । उहाँको चीरशान्तिको कामना, परिवारजनमा समवेदना प्रकट गर्दछु ।”
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०२:०४
प्रतिक्रिया दिनुहोस्