Nic Ad Nic Ad
Nic Ad Nic Ad

अन्ततः एलन मस्कको  नियन्त्रणमा ट्विटर

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ – अमेरिकी अरबपति व्यवसायी एलन मस्कले लामो कानुनी लडाइ र महिनौँको अनिश्चिततापछि सामाजिक सञ्जाल ट्विटर आफ्नो नियन्त्रण लिएका छन् । उक्त सामाजिक सञ्जाल कम्पनीलाई उनले ४४ अर्ब अमेरिकी डलरमा खरिद गरेका हुन् । एलन मस्कले प्रमुख कार्यकारी अधिकृत पराग अग्रवालसहित अन्य दुई जना वरिष्ठ व्यवस्थापकलाई जिम्मेवारीबाट हटाएका छन् । गत अप्रिलमा उनले उक्त कम्पनी खरिदसम्बन्धी सम्झौता गरेका थिए । सम्झौतापछि उनी पुनः पछि हटेका थिए तर यसै महिनाको प्रारम्भमा फेरि कम्पनी किन्ने अभिरुचि देखाएका थिए । कम्पनी र उनीबिचको कानुनी लडाइँलाई टुङ्ग्याउन डेलावेयरका न्यायाधीशले शुक्रवारसम्ममा सम्झौतालाई अन्तिम रूप दिन आदेश दिए थिए । मस्कले कम्पनीको बोलपत्र तयार गर्नुअघि गत अप्रिलमा पराग अग्रवालसँग उनको झगडा भएको थियो । मस्कले कम्पनीलाई अब कसरी नेतृत्व गर्छन् भन्नेमा सबैको चासो बढेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:०१
प्रतिक्रिया दिनुहोस्