Nic Ad Nic Ad
Nic Ad Nic Ad

आदर्श र खुसीबिचको अन्तर्द्वन्द्व हो ‘महापुरुष’

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ – ‘म त भक्कानीय’ सिभिलमलमा चलेको महापुरुष हेरेपछि दर्शकको प्रतिक्रिया थियो । ‘छोरालाई पनि हेराउनु पर्छ, म त आफ्ना बालाई भेट्न जाने सोचमा छु।’ यस्ता थुप्रै प्रतिक्रियाहरूले सिभिलमलमा महापुरुष हेरेर फर्किकाहरुले आ–आफ्नो तर्फबाट प्रतिक्रिया दिइरहेका थिए । दर्शकका प्रतिक्रियालाई मात्र आधार मान्न उचित भएन । हामी पनि अर्को शो को टिकट काटेर सिभिलमलक फिल्म हलमा प्रवेश ग¥यौँ । नेपाली चलचित्रको धेरै कुराहरु पहिले नै बाहिरिएको हुन्छ । महापुरुषको ट्रेलरबाट अनुमानित आफ्ना धारणा बनाउने मान्छेहरू नभएका पनि होइनन् । तर, भावनाका छालहरूले बेलाबेलामा दर्शकको मनलाई घचघच्याइ रहन्थे । चलचित्र परिवारमा बसेर हेर्न मिल्ने खालको छ । नेपाली मध्यम वर्गीय परिवारको कथा चलचित्रमा उतारिएको छ । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले हँसाउँछन् मात्र भन्नेलाई झापड छ । उनीहरूले रुवाउन पनि सक्छन् भन्ने एउटा ज्वलन्त उदाहरण हो ‘महापुरुष’ । चलचित्र निर्देशक प्रदीप भट्टराईले महापुरुषलाई उत्कृष्ट निर्देशन गरेका छन् । आदर्श नगरभित्रका आदर्श पुरुष मानिएका हरिवंशको उमेर पुगेसपछिको प्रेम सम्बन्धले चलचित्रमा अलि बढी चर्चा पाएको छ । उनकी जेठी बुहारी पात्रले उनलाई यत्रो वर्षसम्म छोराहरूका लागि गरेको त्यागको बारेमा कान्छो छोरोलाई सम्झाउँदाको पल दर्शकको आँखाको बाँध टुटाउँदै आँशुहरु छल्किन थाल्छन् । मन भक्कानिन्छ । त्यही क्षण हो धेरैले भावुक बनायो भनेको । श्रीमतीको स्वर्गवासपछिको ऊर्जाशील समय छोराहरूका लागि खर्च गरेका हरिवंश आदर्शको नाममा आफ्नो जीवनलाई जिउन असफल भएको देखाउँछ । जेठो छोराले लेखेको ‘भगवान् जस्ता मेरा बा’ पुस्तकमा उनका आदर्शका मात्र कथाहरू छन् । उनले आफूले आमाको भूमिका निर्वाह गिर्दादेखिका भोगाइहरू हुन्छन् । तर, कान्छो छोराले हरिवंशलाई आदर्श भन्दा पनि व्यवहारिकताले मानिसलाई मान्छे बन्न सिकाउने सन्देश दिएका छन् । ‘मान्छे जस्ता मेरा बा’ बनाउन खोजेको कान्छोले जीवनका उकाली ओरालीहरू आफ्नो कुरा सुन्ने मान्छेको कति खाँचो पर्छ भन्ने कथामा देखाइएको छ । जीवन भरी सुगासँग कुरा गराइएको देखाएको महापुरुषमा छोराहरूका लागि बा मात्र होइनन् बा का लागि छोराहरू पनि महापुरुष हुन सक्नु पर्छ । खुसी भनेको पिँजडामा भन्दा पनि खुला आकाशमा मिल्छ भन्ने विषयलाई बडा महत्त्वका साथ उठाइएको छ । एकल बुवाको बुढ्यौलीमा बसेको प्रेमले ल्याउने उतारचढावलाई फिल्ममा देखाइएको छ। फिल्ममा हरिवंश आचार्य र गौरी मल्ललाई जोडीको रूपमा प्रस्तुत गरिएको छ। सामाजिक विषयवस्तुमा आधारित फिल्म ‘महापुरूष’मा हरिवंश र गौरीसँगै मदनकृष्ण श्रेष्ठ, रवीन्द्र सिंह बानियाँ, अरूण क्षेत्री, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बाँस्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल लुइँटेललगायत कलाकारको अभिनय छ। यसै फिल्मबाट अरूण क्षेत्री र अन्जना बराइली डेब्यु गर्दैछन्। अरूणले फिल्ममा हरिवंशको छोराको भूमिका निर्वाह गरेका छन् भने अन्जनाले मदनकृष्णको छोरीको भूमिका निर्वाह गरेकी छन्। फिल्मका निर्देशक प्रदीप भट्टराईले यसअघि ‘शत्रु गते, जात्रा र जात्रै जात्रा’ निर्देशन गरेका थिए। यी तीन वटै फिल्म व्यावसायिक रूपमा सफल सावित भइसकेका छन्।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ११:१९
प्रतिक्रिया दिनुहोस्