Nic Ad Nic Ad
Nic Ad Nic Ad

सयपत्री र मखमलीपछि ताेरी फूल फुलाउँदै गुण्डुका किसान (फाेटाे फिचर)

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ – भक्तपुरको गुण्डु क्षेत्रमा फेरि पनि फूल देख्न मिल्छ । तिहारको लागि फुलाइएका सयपत्री, मखमली फूलको सुगन्ध र सौन्दर्यताबाट आँखाले थकान मार्न नपाउँदै तोरी फूल फुल्न थालेको छ ।   अहिले तोरी पुलाएर पहेँलै भएको छ । किसानहरू तोरीको फूल पुलाएर फल लगाउने तयारीमा छन् । ‘समस्या भनेको समयमा मल र बिउँको नै हो’ स्थानीय राजाराम श्रेष्ठले भने, ‘मौसमी रूपमा तोरी माग फागुन तिर फुल्ने गर्छ । तर, हामी अलि चाँडै लगाउँछौँ र चाँडै फुल्ने गर्छ ।’   बारी भरी तोरी फुलेपछि अहिले गुण्डु क्षेत्रमा तोरीको फूल हेर्न जानेहरू पनि पाइन्छ । काठमाडौँबाट गुण्डु पुगेकी सरिता लामा तोरीको फूलले मोहित तुल्याएको बताउँछिन् । ‘मोहित बनायो भनौँ’ उनले भनिन्, ‘तोरी फुलेको छ भनेर आएको त हैन । तर, गुण्डुमा फूलहरू धेरै फुल्छन् भन्ने सुनेर हेर्न आएकी हुँ ।’      
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:०२
प्रतिक्रिया दिनुहोस्