छठका लागि वागमती सजाउने काम अन्तिम चरणमा (फाेटाेफिचर)
काठमाडौँ – पशुपति क्षेत्रको बागमती नदीमा छठ पर्वको तयारी अन्तिम चरणमा पुगेकाे छ । छठ पूजा व्यवस्थापन समितिले गुह्येश्वरीको सेरोफेरोलाई सजाएर छठका लागि तयार बनाएको जानकारी दिएको छ । त्यहाँका घाटहरूलाई आकर्षक रूपमा सजाउने काम भएको छ ।
नहाय खाएसँगै सुरु हुने छठ पूजामा विशेषगरी उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ दिने चलन छ। पर्वलाई विगत वर्षभन्दा अझ उत्कृष्ठ, व्यवस्थित र भव्य बनाउन समितिले विभिन्न उपसमितिहरू गठन गरी तयारी तीव्र पारेको हो।
नहाय खाएसँगै सुरु हुने छठ पर्वको दोस्रो दिन व्रतालुहरू दिनभर उपवास बसी राति गुलियो पुरी, खीर, नुन नहालेको तरकारी खाने गर्दछन्।
निराहार व्रत बस्नेहरूले आइतबार अस्ताउँदो सूर्य पूजा र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिई पर्व समापन गर्ने प्रचलन रहेको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:२३
प्रतिक्रिया दिनुहोस्