दक्षिण कोरियाको सियोलमा भागदौड हुँदा १४९ जनाको मृत्यु
काठमाडौं - दक्षिण कोरियाको राजधानी सियोलमा ह्यालोविन मनाउने क्रममा भागदौड हुँदा १४९ जनाको मृत्यु भएको छ । ७६ जना घाइते भएका छन् । घाइतेमध्ये १९ जना गम्भीर रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
घटना स्थानीय समय अनुसार राती १० बजे भएको थियो । मृत्यु हुनेहरुमा बढी महिला र २० वर्षका युवाहरु रहेको छन् । घटना इटावान लेसर जिल्लाको एक साँघुरो सडकमा भागदौड हुँदा उक्त घटना घटेको हो। मृत्यु हुने संख्या बढ्न सक्ने जनाइएको छ ।
घटनापछि दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले एक विज्ञप्ति जारी गर्दै घाइतेहरूलाई राम्रो गुणस्तरिय उपचार गर्न र घटनास्थलको सुरक्षा प्रवन्धबारे समिक्षा गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन्।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०२:५९
प्रतिक्रिया दिनुहोस्