चेल्सी र लिभरपुल स्तब्ध
एजेन्सी - इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा महारथी क्लब द्वय चेल्सी र लिभरपुल स्तब्ध बनेका छन्। एनफिल्डमा भएको खेलमा लिभरपुललाई लिड्स युनाईटेडसँग २-१ अन्तरले पराजित भयो।
लिड्सको जितमा रोड्रिगो मोरेनाले चौथो मिनेटमा गोल गरे। १४ औं मिनेटमा मोहम्मद सलाहले बराबरी गोल गरेका थिए। तर, खेल सकिन एक मिनेट अघि क्राइसेन्सियो समरभिलले गोल गर्दै लिड्सलाई २-१ को अप्रत्यासित जित निकाले ।
जितसँगै लिड्सले १२ खेलमा १२ अंक जोड्दै १५औं स्थानमा उक्लिएको छ । लगातार खराव लयमा जारी राखेको लिभरपुल १६ अंक जोडेर १६ औं स्थानमा छ। यता, अर्को खेलमा चेल्सी ब्राइटनसँग ४-१ अन्तरले स्तब्ध भयो। घरेलु मैदानमा ब्राइटन बलियो चेल्सीविरुद्ध पूरा समय हाबी भएको थियो।
खेलको पाँचौं मिनेटमा लिन्द्रो ट्रोसार्डले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाए। १४ औं मिनेटमा चेल्सीका रुबेन लोफ्ट्सले आत्मघाती गोल गरे। ४२औं मिनेटमा ट्रेभो चालोबहले आत्मघाती गोल गर्दा पहिलो हाफमै ब्राइटन ३-० ले अघि रह्यो।
४८औं मिनेटमा काइ हार्भट्जले गोल गर्दा चेल्सीले अग्रता ३-१ को स्थितिमा झारे। तर, इन्जुरी समयमा पास्कल ग्रोबले गोल गर्दै ब्राइटनलाई ४-१ को प्रभावशाली जित दिलाए । हारसँगै चेल्सी १२ खेलमा २१ अंक जोडेर पाँचौं स्थानमा छ। ब्राइटन १८ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ।