प्राइम कमर्सियल बैङ्कको नाफा घट्यो
काठमाडौँ – चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्राइम कमर्सियल बैङ्कको खुद नाफा घटेको छ ।
यस अवधिमा खुद नाफा १०.६१ प्रतिशतले घटेर ८७ करोड ४१ लाख ७० हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यस अवधिमा यसले ९७ करोड ७९ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा इम्पेरिमेन्ट चार्ज बढेकाले र सञ्चालन नाफा घटेकाले खुद नाफा प्रभावित भएको हो ।
एक वर्षको अवधिमा खुद ब्याज आम्दानी भने बढेको छ । खुद ब्याज आम्दानी ३४.४९ प्रतिशतले बढेर १ अर्ब ८८ करोड ५३ लाख २८ हजार रुपैयाँ पुगेको छ । असोज मसान्तसम्म आइपुग्दा बैङ्कको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५० पैसाले घटेर ११ रुपैयाँ ८२ पैसामा आएको छ । प्रतिसेयर नेटवर्क १५२ रुपैयाँ ४५ पैसा छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १०:३३
प्रतिक्रिया दिनुहोस्