कप्तान एन्जिलाले सेथु एफसीबाट आईलिग खेल्ने
काठमाडौं- नेपाली महिला राष्ट्रिय टिमकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले भारतीय महिला आईलिग खेल्ने भएकी छिन्। उनलाई सेथु एफसीले केहिदिन अघि एक वर्षको सम्झौतामा क्लबमा भित्र्याएको हो।
विभागीय क्लब एपीएफ साथै राष्ट्रिय टिमको गोल पोष्ट सम्हाली रहेकी एन्जिलाले पहिलो पटक आईलिग खेल्न लागेकी हुन्। यसअघि स्ट्राइकर साबित्रा भण्डारी र अनिता बस्नेतले पनि सेथु बाटै आइलिग खेलेर च्याम्पियन बनाएका थिए।
साबित्रा अहिले गोकुलम केरेला एफसीमा आबद्ध छिन्। पहिलो पटक आईलिग खेल्न पाउँदा खुसी महसुस भएको एन्जिलाले बताइन्।
‘पहिलो पटक खेल्न लागेको एकदमै खुसी छु। केहिदिन अगाडिमात्रै खेल्ने पक्का भयो। अब नेपालमा लिग भएन भने डिसेम्बरमै उता जाने कुरा छ।,’ उनले भनिन्।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २३:११
प्रतिक्रिया दिनुहोस्