भारतले चिनी निर्यातमा लगाएको प्रतिवन्ध एक वर्ष लम्ब्यायो
काठमाडौं । भारत सरकारले चिनी निर्यातमा लगाएको प्रतिबन्ध एक वर्ष लम्ब्याएको छ । यसअघि भारत सरकारले जुन १ देखि लागू हुनेगरी अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाएको थियो ।
अब भने भारतले थप एक वर्ष निर्यात प्रतिवन्ध लम्ब्याएर आगामी २०२३ को अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको समाचार एजेन्सी रोयटर्सलाई उद्धृत गर्दै द इकोनोमिक्स टाइम्सले लेखेको छ ।
चिनी निर्यातमा रोक लगाउने निर्णयले नेपाल लगायतका मुलुकमा चिनी अभाव सँगै मूल्य बढ्ने निश्चित छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २०:५१
प्रतिक्रिया दिनुहोस्