Nic Ad Nic Ad
Nic Ad Nic Ad

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइयाे छठ (फाेटाे फिचर)

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ – अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइएको छ । काठमाडौँको वागमती पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीले पनि छठ मनाएकी छन् । ब्रतालुहरुले आइतबार साझ ‘सझियाघाट’ मा अस्ताउँदो सूर्यको उपासना गर्ने छन् । शनिबार ‘खरना’ विधि अन्तर्गत ‘रस्याउ रोटी’ अर्थात दूध र गुड हालेर पकाइएको खीर र रोटी पुरी खाएका ब्रतालुहरु आइतबार दिन भरी निर्जल निराहार बसेर ब्रत लिइरहेका छन् ।   आइतबार साँझ ब्रतालु तथा तिनका परिवारका सम्पूर्ण सदस्यहरु घर नजिकको पोखरी, नदी, सरोवर आदि जलाशय निर्मित आकर्षक छठी घाटमा पुग्नेछन् । नयाँनयाँ वस्त्र परिधान लगाएका ब्रतालुका परिवारका सदस्यले ब्रतालुको पूजा सामग्रीहरु राखिएको बाँसको छैंटी टाउकोमा बोकेर घाटसम्म लग्नेछन् ।          
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:१४
प्रतिक्रिया दिनुहोस्