स्वामी विवेकानन्दका केही अमर वाणीहरू
१. भगवानको खोजी गर्न तिमी कहाँ जान चाहन्छौ ? पहिले निर्धनको भलाइको चेष्टा गर । मेरो विचारमा जनताको अवहेलना गर्नु राष्ट्रिय अपराध हो र यही नै हाम्रो पतनको एक कारण हो ।
२. प्रेम विश्वको सञ्चालक शक्ति हो । प्रेमकै प्रभावले ईसा मसिहा मानवताको लागि आफ्नो प्राण दिन तयार हुन्छन् र बुद्ध पशुलाई बचाउन आफ्नो बलिदान गर्दछन् । प्रेम नै भगवान् हो ।
३. जहाँ विचार छैन त्यहाँ कार्य छैन । अतः मस्तिष्कलाई उच्च विचारले उच्च आदर्शले भरिदेऊ । दिनरात तिनलाई आफ्नो अगाडि राख तब त्यसबाट महान् कार्य सम्पन्न हुनेछ ।
४. के ती स्वाधीनता पाउन योग्य छन् जो अरूलाई स्वाधीनता दिन प्रस्तुत हुँदैनन् ?
५. राष्ट्रिय जीवन रुपी यो जहाजले लाखौँ मानिसको जीवन रुपी समुद्रलाई पार गर्दै आएको छ । कैयौँ शताब्दीदेखि यो काम चलिरहेको छ र यसको सहायताले लाखौँ आत्मा यस सागरबाट पारी अमृत धाममा पुगेका छन् । तर आज सम्भवतः तिम्रो दोषले यस पोतमा खराबी आएको छ । यसमा एक दुई छिद्र बनेका छन्, तब के तिमी यसैलाई अभिशाप दिन्छौ ?
६. नियम बनाऊ तर यस्ता बनाऊ कि जब मानिसहरूले त्यस बिना नै काम चलाउन थाल्नेछन् तब तिनलाई फ्याँक्न सकियोस् । हाम्रो मौलिकता पूर्ण अनुशासनका साथ पूर्ण स्वतन्त्रतालाई संयुक्त गरिइदिनुमा छ ।
साभार: ‘महापुरुषहरूका अमर वाणी’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:३०
प्रतिक्रिया दिनुहोस्