Nic Ad Nic Ad
Nic Ad Nic Ad

ब्राजिलमा १२ वर्षपछि सिल्भाको कमब्याक

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ – ब्राजिलको राष्ट्रपतिमा लुइज इनासियो लुला दा सिल्भा कम ब्याक भएका छन् । उनी ब्राजेली दिग्गज वामपन्थीका रुपमा परिचित छन् । अनियमिताको आरोप लागेपछि २०१० मा पद छाड्न बाध्य भएका सिल्भाले वर्तमान राष्ट्रपतिलाई पराजित गरेका हुन् । कडा प्रतिष्प्रर्धाबीच ७७ वर्षीय सिल्भाले वर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई पराजित गरेका हुन् । भ्रष्टाचार अभियोगमा उनी १८ महिना जेल परेका थिए । तथापि उनको लोकप्रियता खासै खस्किएको थिएन जुन ताजा निर्वाचन परिणामले देखाएको छ । यसैबीच बोल्सोनारो सन् १९६४ देखि सन् १९८५ को सैन्य तानाशाहीको अन्त्यसँगै ब्राजिल प्रजातन्त्रमा फर्केपछि पुनः चुनाव जित्न नसक्ने पहिलो वर्तमान राष्ट्रपति बनेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:२३
प्रतिक्रिया दिनुहोस्