Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्वासमा शक्ति छ, विश्वासले नै सफलतातिर डोर्‍याउँछ

शुक्रबार, मंसिर ९, २०७९
काठमाडाैँ – सम्बन्ध कुनै पनि खुसहाल, स्वस्थ, सन्तोषजनक जिन्दगीको आधार हुन्छ । सबै सम्बन्ध विश्वासमा नै आधारित हुन्छ । विश्वास नै त्यो शक्ति हो जसले सम्बन्धलाई जोडिराख्छ । तपाईँ र अर्को मानिसको बिचमा हर प्रकारको समस्या र असहमति हुनसक्छ, तर जबसम्म तपाईँको बिच विश्वास र सम्मान कायम छ, तपाईँको सम्बन्ध बनिरहनेछ । तर यदि विश्वासलाई ठेस लाग्यो भने फेरि सम्बन्ध फुटेर छरिने छ । तासको कुनै महल झैँ । सबै व्यापारिक गतिविधि विश्वासको बलमा नै चल्छ । पुँजीसँग जोडिएको सबै सम्बन्ध पुँजी दिनेहरू या फेरि लिनेहरूको शब्दमा विश्वासले नै चल्छ । तपाईँका बैंकर, सप्लाएर, उपभोक्ता, स्टाफ र वित्तीय मामलासँग जोडिएको हरेकसँग सम्बन्धको आधार विश्वास नै हुन्छ । सत्यनिष्ठमा पूरा विश्वास राख्ने महिला र पुरुष आफूद्वारा प्राप्त विश्वासको स्तर र त्यसलाई बनाइ राख्नको लागि धेरै संवेदनशील हुन्छन् । उनीहरू कसैलाई दिएको पैसा र लिएको पैसा दुवैको विषयमा ध्यान दिन्छन् । उनीहरू वाचाका पक्का हुन्छन् । उनीहरू आफ्नो बैङ्कसँग सम्बन्ध, क्रेडिट कार्ड, बिल भुक्तान या कुनै अर्थ व्यवहारलाई लिएर धेरै सावधानी अपनाउँछन् ।   साभार: ‘सोच बदलौँ, जिन्दगी बदलौँ’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:३२
प्रतिक्रिया दिनुहोस्