गुजरातमा पुल भत्किदा मृत्यु हुने १३० पुगे
काठमाडौँ । गुजरातको मोरबीमा रहेको एउटा पुल भत्किँदा मृत्यु हुनेको सङ्ख्या १३० पुगेको छ । १७७ जनाको उद्धार भएको छ । आइतबार छठको समयमा मानिसहरूको ठुलो समूह जम्मा भइरहेका बेला पुल भत्किएको थियो । ब्रिटिशकालीन उक्त पुल पुनःनिर्माणको एक सातापछि भत्किएको थियो । क्षमताभन्दा बढी मानिस रहेका कारण पुल भत्किएको प्रारम्भिक अनुमान गरिएको छ । अहमदाबादबाट २०० किलोमिटर टाढा रहेको उक्त झोलुङ्गे पुल आइतबार साँझ पौने ७ बजे छठ पूजामा करिब ५०० मानिसहरु भेला भएका बेला भत्किएको थियो ।
पुल भत्किएपछि माचु नदीमा केही मानिस हराइरहेका थिए भने फसेका केही मानिसको उद्धार गरिएको थियो ।मृत्यु हुनेमा धेरै महिला र बालबालिका छन् । १७७ जनालाई उद्धार गरी अस्पतालमा भर्ना गरिएको छ ।
करिब १५० वर्ष पुरानो र लोकप्रिय पर्यटकीय स्थल मोरबीको केबुल ब्रिज सात महिनादेखि मर्मत सम्भारका लागि बन्द गरिएको थियो । यो अक्टोबर २६ मा पुनः खोलिएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २१:२१
प्रतिक्रिया दिनुहोस्