गुजरातमा झोलुङ्गे पुल चुँडिदा मृत्यु हुने १४० पुगे
काठमाडौँ - गुजरातको मोरबीमा रहेको एउटा झोलुङ्गे पुल चुँडिदा मृत्यु हुनेको सङ्ख्या १४० पुगेको छ ।
१७७ जनाको उद्धार भएको छ । आइतबार छठको समयमा मानिसहरूको ठुलो समूह जम्मा भइरहेका बेला पुल चुँडिएको थियो । ब्रिटिशकालीन उक्त पुल पुनः निर्माणको एक सातापछि चुँडिएको थियो । क्षमताभन्दा बढी मानिस रहेका कारण पुल चुँडिएको प्रारम्भिक अनुमान गरिएको छ । अहमदाबादबाट २०० किलोमिटर टाढा रहेको उक्त झोलुङ्गे पुल आइतबार साँझ पौने ७ बजे छठ पूजामा करिब ५०० मानिसहरू भेला भएका बेला चुँडिएको थियो ।
पुल चुँडिएपछि माचु नदीमा केही मानिस हराइरहेका थिए भने फसेका केही मानिसको उद्धार गरिएको थियो । मृत्यु हुनेमा धेरै महिला र बालबालिका छन् । करिब १५० वर्ष पुरानो र लोकप्रिय पर्यटकीय स्थल मोरबीको केबुल ब्रिज सात महिनादेखि मर्मतसम्भारका लागि बन्द गरिएको थियो । यो अक्टोबर २६ मा पुनः खोलिएको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १८:१३
प्रतिक्रिया दिनुहोस्