Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रि–ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ – प्रि–ओपन सेसनमा नेप्से सूचक १.८९ अङ्कले बढेको छ । यससँगै सूचक १८६०.३९ विन्दुमा आएको छ । ८ लाख ४१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १९ कम्पनीको १९ सय ६९ कित्ता सेयर कारोबार भएको छ । कुल ३१ वटा कारोबार भएको छ । यस सेसनमा १२ वटा कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:२५
प्रतिक्रिया दिनुहोस्