Nic Ad Nic Ad
Nic Ad Nic Ad

टोरिनोसँग मिलान पराजित

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ— साविकको विजेता एसी मिलान इटालियन सिरी ए अन्तर्गत आइतबार राति टोरिनोसँग २—१ को अप्रत्यासित हार बेहोर्न पुगेको छ । यस हारसँगै मिलानले शीर्ष स्थानको नेपोलीसँगको अंकदुरी कम गर्ने अवसर गुमाएको हो । खेलमा सुरुआती अग्रता टोरिनोले नै लियो । ३५औं मिनेटमा कोफी डिजीडिजीको गोलमा टोरिनोले अग्रता लियो । त्यसको दुई मिनेटपछि नै एलेक्से मिरानचुकले टोरिनोको अग्रता दोब्बर पारेका थिए । ६७औं मिनेटमा जुनियर मेसियासले गोल गर्दै मिलानलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, त्यसपछि कुनै गोल सम्भव भएनन् । यससँगै मिलानको १७ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । यसक्रममा मिलानले १२ खेल जितेको थियो भने पाँच खेल बराबरीमा टुङ्गाएको थियो । मिलान १२ खेलमा २६ अंकसहित तेस्रो स्थानमा छ । जुन शीर्ष स्थानको नेपोलीभन्दा ६ र दोस्रो स्थानको एट्लान्टाभन्दा एक अंकले कम हो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:०४
प्रतिक्रिया दिनुहोस्