यस्तो छ राप्रपाले उल्लेख गरेको शासकीय स्वरुप
काठमार्डाैँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले आज घोषणापत्र सार्वजनिक गर्दै आफ्नै राजसंस्था सहितको शासकीय स्वरुपको अवधारणा अघि सारेको छ ।
त्यस्तै, उसले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था हुने पनि उल्लेख गरेको छ ।
१. पूर्ण समानुपातिक संसद
२. प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय संरचना
३. सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको बैदिन सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र
४. एक व्यक्ति दुई कार्यकाल भन्दा बढी कार्यकारी पदमा बस्न नपाउने
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०७:०९
प्रतिक्रिया दिनुहोस्