Nic Ad Nic Ad
Nic Ad Nic Ad

पीडित किशोरीको बयान: होटलमा पुगेर दिन्छु भन्दै सन्दीपले मेरो मोबाइल खोसे

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ— क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोप लगाएकी किशोरीले भिडियो बनाउन खोज्दा सन्दीपले मोबाइल खोसेको बताएकी छन् । सरकारी वकिलको कार्यालयलाई दिएको बयानमा उनले यस्तो बताएकी हुन् । उनले नगरकोटबाट सल्लाघारीको बाटो हुँदै काठमाडौं फर्कदा रातको समयमा होस्टलमा प्रवेश गर्ने अनूमति नहुने भएकोले सन्दीपले पिंगलास्थान अवस्थित होटल काठमाडौं ईनमा कोठा बुक गर्ने कुरा गर्दा मैले दुईवटा कोठा बुक गर्न भनेको बताएकी छन् । उनले भनेकी छन्,“ मैले बाटोमा एउटा भिडियो बनाउन खोज्दा सन्दीपले मेरो मोबाइल खोसेर होटल पुगेपछि दिउँला भनी फोन नियन्त्रणमा लिए । होटल नजिक पुग्दा मलाई मास्क छ कि छैन भनेर सोधेकोमा मैले आफुसँग मास्क छैन भनेपछि सन्दीपले मलाई जसरी पनि मास्क लगाउन भनी आफुले लगाएको मास्क खोलेर लगाउन दिइ होटलका सहयोगी अनिश भन्ने व्यक्तिसँग रुमको चाबी लिएर जाऊ भनी मलाई गाडीबाट ओरालेर आफु गाडी पार्क गर्न गएका थिए ।”
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:०२
प्रतिक्रिया दिनुहोस्