चाडपर्वपश्चात् पनि बिओकेको २५ प्रतिशत सम्मको नगद फिर्ता योजना
काठमाडौँ– बैंक अफ काठमाण्डू लिमिटेडले नेपालीहरुको महान चाडपर्व पश्चात पनि सर–सामान खरिद गर्दा सुबिधा होस् भन्ने हेतूले २५% सम्मको क्यासब्याक योजना ल्याएको छ । बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई मोबाईल बैंकिङ्गबाट क्यूआर स्क्यान गरी विधुतिय भुक्तानी कारोबारमा २५% सम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको छ ।
यस योजना अन्तर्गत बैंकको मोबाईल बैंकिङ्ग मार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्नुहुने ग्राहक महानुभावहरुले नगद िफर्ता योजना अवधिको प्रथम कारोबार रकमको २५% वा रु. १५० सम्मको नगदफिर्ता पाउनुहुनेछ ।
यस नगदफिर्ता योजना यहि २०७९ साल कार्तिक १५ गते मंगलबारबाट २०७९ साल कार्तिक ३० गते बुधबारसम्म मात्र रहने भएकोले आदरणिय ग्राहक महानुभावहरुलाई आजै नगदफिर्ता योजनाको फाइदा लिनुहुन बैंक सम्पूर्ण महानुभावहरुमा अनुरोध गर्दछ ।
ग्राहक महानुभावहरुलाई विधुतिय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले चाडपर्वहरुमा मात्र नभई बैंकले चाडपर्व पश्चात् पनि २५% सम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको बैंकले जनाएको छ ।
विद्मुतिय कारोबारमा बैंकको ग्राहक महानुभावलाई उत्प्रेरित गर्ने हेतुले बैंकले विभिन्न ईकमर्स प्लेटफर्महरु, विभिन्न होटलहरु, रेस्टुरेन्टहरु, फिटनेस सेन्टरहरु, स्टोरहरु, अस्पतालहरु, स्वास्थ्य क्लिनिकहरु, ईन्स्टिच्युटहरुमा छुटहरु प्रदान गरीरहेको र भविष्यमा पनि विभिन्न नगदफिर्ता तथा छुटको योजनाहरु ल्याई ग्राहक महानुभावहरुलाई लाभाम्वित बनाउन बैंक प्रतिवद्ध रहेको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:४७
प्रतिक्रिया दिनुहोस्