चाडपर्वपछि खुलेको पूजीँ बजारमा दोहोरो अंकको वृद्धि
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज(नेप्से) सोमबार दोहोरो अंकको वृद्धि भएको छ । तिहार र छठ पर्वको लामो बिदापछि खुलेको बजार परिसूचक १६ दशमलव ३९ प्रतिशतले बढेर १ हजार ८७४ दशमलव ८७ प्रतिशत विन्दुमा पुगेको हो । सोमवार ६९ करोड ७३ लाख १७ हजार ६११ बराबरको २५ लाख ७४ हजार ९७५ कित्ता सेयर किनबेच भएको छ ।
विकास बैंक समूहको उपसूचक १३ दशमलव ७ अंकले घटेको छ भने अन्य सबै समूहको उपसूचक बढेको छ । नेप्सेका अनुसार सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक ४२ दशमलव ४८ अंकले बढेको छ ।
उत्पादन समूहको उपसूचक ३० दशमलव ७८, जीवन बीमा समूहको उपसूचक २५ दशमलव ४१ र निर्जीवन बीमा समूहको उपसूचक २३ दशमलव ५५ अंकले बढेको छ । बैंकिङ २० दशमलव ०९, व्यापार २० दशमलव १ र अन्य समूहको उपसूचक २० दशमलव ७५ अंकले बढेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०२:४९
प्रतिक्रिया दिनुहोस्