सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं - स्थानीय बजारमा मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ ।
सोमबार तोलाको ९३ हजार रुपैयाँमा करोबार भएको सुन आज ९३ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार २१५ रुपैयाँमा करोबार भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार २०० रुपैयाँमा करोबार भएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १३:५५
प्रतिक्रिया दिनुहोस्