युक्रेनको राजधानी किभमा पानी र विजुलीको हाहाकार
काठमाडौं— रुसले युक्रेनको राजधानी कियभमा रहेका विद्युत् र पानी वितरणमा लागि बनाइएका पूर्वाधारहरूमा क्षेप्यास्त्र प्रहार गरे पछि राजधानी कियभमा पानी र विजुलीको हाहाकार भएको छ ।
कियभमा नागरिकहरू पानीका लागि लाइन बस्न पर्ने अवस्था आएको बिबिसीले उल्लेख गरेको छ ।
राजधानी कियभका मेयर भाइट्याली क्लिट्स्कोले दुई लाख ७० हजार घरमा विद्युत् प्रसारण रोकिएको र ४० प्रतिशत जनसङ्ख्यालाई पानी पुर्याउन नसकिएको बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०३:२०
प्रतिक्रिया दिनुहोस्