टी-२० विश्वकपबाट अफगानिस्तान बाहिरियो
एजेन्सी । अफगानिस्तान टी-२० विश्वकप क्रिकेटबाट बाहिरिएको छ। मंगलबार भएको समूह–१ को खेलमा श्रीलंकासँग पराजित भएपछि अफगानिस्तान विश्वकपबाट बाहिरिएको हो ।
श्रीलंकाले अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको थियो । १४५ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको श्रीलंकाले १८.३ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्याएको हो।
श्रीलंकाका लागि धनन्जय डे सिल्भाले ४२ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै अविजित ६६ रन बनाए। त्यस्तै, कुसल मेन्दिसले २५, चारिथ असालंकाले १९ र भानुका राजपाक्षेले १८ रन बनाए । बलिङतर्फ अफगानिस्तानका मुजिब उर रहमान र राशिद खानले समान २–२ विकेट लिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०४:२०
प्रतिक्रिया दिनुहोस्