Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेकपा (एमाले) को चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ— नेकपा (एमाले) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मङ्गलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपाल: सुखी नेपाली’को राष्ट्रिय सङ्कल्पलाई निरन्तरता दिइएको छ । करिब २० हजार शब्द रहेको घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । घोषणापत्रमा सूर्य चिह्नमा किन मतदान गर्ने भन्ने कुरालाई प्रस्ट्याउने प्रयास गरिएको बताइएको छ । अहिले अध्यक्ष ओलीले घोषणा पत्रको मुख्य मुख्य अंशबारे व्याख्या गरिरहनु भएको छ । घोषणापत्र सार्वजनिक भएसँगै ‘ओलीसँग लाइभ डिबेट’ पनि यहीँबाट सुरु हुने एमालेले जनाएको छ । सत्तारुढ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)ले संविधानको रक्षालाई मूल नारा बनाएर यस अघि नै चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन् । २० हजार शब्दको एमाले घोषणापत्र, पाँच वर्षका लागि २० ग्यारेन्टी एमालेको २० ग्यारेन्टीमा के के छन् ? १ पहिलो सेसनः समृद्धि अधिवेशन, २. नेपालीलाई मात्र नागरिकता ३. हंगर नो लंगर ४. उत्पादन स्वदेशी : बजार विदेशी ५. सुरक्षित छाना : पुग्छ सबैको चाहना ६. कमाइ : युवाको रोजाई ७. पढाइ : भविष्यको जग बसाइ ८.सुगर प्रेसर : भइन्न बिरामी औषधि बेगर ९. फ्रि मिटर : १० हजार लिटर १० फ्रि युनिट : ५० युनिट ११ खेतबारीमा पानी : खाडीमा हैन स्वदेशमै लगानी १२ दिनदिनै सडक विस्तार : विकासका पूर्वाधारको आधार १३. भूमिगत तार : सहर बजार १४. नो लाइन : सेवा अनलाइन १५. ५ लाख रोजगार : न्यूनतम ज्याला २५ हजार १६. समृद्धिसँगको नाता : सबैको बैंक खाता १७. स्वास्थ्य महिनावारी : १५ सय वर्षभरि १८. फाइभजी सञ्चार : आइटीमा चमत्कार १९. हामी समाजिम : सभ्य नागरिक २० हाम्रो अर्थ : १०० खर्ब
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:२९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार