Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रदेश–१ सँग बागमती स्तब्ध

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ— अंकित सुवेदीले सतकीय इनिङ्स खेलेपछि प्रदेश–१ ले प्रधानमन्त्री ९पीएम० कप एकदिवसीय क्रिकेटमा बागमती प्रदेशमाथि सानदार जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा प्रदेश–१ ले बागमती प्रदेशलाई ६९ रनले हरायो । प्रदेश–१ ले दिएको तीन सय पाँच रनको विजयी लक्ष्इ पछ्याएको बागमती ४५।५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ३५ रनमा समेटिएको थियो । बागमतीका लागि नन्दन यादवले सर्वाधिक ४३ रन बनाए। ओपनर इशान पाण्डेले ३५, रामनरेश गिरिले अविजित २८, कप्तान ज्ञानेन्द्र मल्लले २७, दुर्गेश थापाले २६, आशुतोष घिरैयाले १४ र प्रतिष जिसी १२ रन बनाए । बलिङमा प्रदेश–१ का सर्वन यादवले तीन विकेट लिए । फिर्दोस अन्सारी, दीपक जोशी र कप्तान सिद्धान्त लोहनीले दुई दुई तथा लुभ कामतले एक विकेट झारे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–१ ले ४९।५ ओभरमा सवै विकेटको क्षतिमा तीन सय चार रन बनाएको थियो । प्रदेश–१ का लागि अंकित सुवेदीले एक सय १० रनको सतकीय इनिङ्स खेले । उनले एक सय ३४ बलमा १२ चौका र एक छक्काको सहयोगमा उक्त रन बनाएका हुन् । अंकित ‘म्यान अफ दि म्याच’ घोषित भए । कप्तान सिद्धान लोहनीले ७२ रन बनाए । यस्तै विवेक आनन्द मेहेताले ३०, सोनु अन्सारीले १९, श्रवण यादवले ११, निरज मुखियाले १० र फिर्दोश अन्सारीले अविजित १० रन जोडे । बलिङमा बागमतीका रामनरेश गिरिले पाँच विकेट लिए । नन्दन यादव, सूर्य तामाङ, प्रतिष जिसी र इशान पाण्डेले एक एक विकेट लिए। पहिलो जितसँगै प्रदेश–१ ले दुई खेलबाट दुई अंक बनाएको छ । प्रदेश–१ दोस्रो स्थानमा छ । लगातार दोस्रो हार खेलेको बागमतीले अंकको खाता खोल्न सकेको छैन । शीर्षस्थानमा रहेको नेपाल पुलिस क्लबको चार अंक छ । कात्तिक २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको विजेतालाई १० लाख र उपविजेतालाई पाँच लाख रुपियाँ पुरस्कार प्रदान गरिने नेपाल क्रिकेट संघ ९क्यान०ले जनाएको छ । यस्तै सेमिफाइनलमा पुग्ने दुई टोलीलाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानलाई २० हजार र इमर्जिङ प्लेयरलाई १० हजार रुपियाँ प्रदान गरिने पनि क्यानले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०६:१८
प्रतिक्रिया दिनुहोस्