Nic Ad Nic Ad
Nic Ad Nic Ad

आयोगद्वारा कालिकोट बम विष्फोट घटनाको अध्ययन सुरु

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ— राष्ट्रिय मानव अधिकार आयोगले कालीकोटमा भएको बम विष्फोट घटनाको स्थलगत अध्ययन सुरु गरेको छ। कालीकोट तिलागुफा नगरपालिका(१० मा यही कात्तिक १२ गते बम विष्फोटमा परी दुई बालिकाको मृत्यु भएको थियो भने तीन जना बालबालिका घाइते भएका थिए। घटना सम्बन्धमा सम्बन्धित निकायमा पत्राचार गरी अनुगमनसमेत सुरु गरेको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए। आयोगले यस्ता प्रकारका घटना विगतदेखि नै भइरहेको सन्दर्भमा यस्ता घटनालाई संवेदनशील रूपमा लिई घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन मागसमेत गरेको छ। आयोगले घटनाका पीडितलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न, घाइते बालबालिकाको नि:शुल्क र प्रभावकारी स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ। यस प्रकारका घटना नदोहोरिने वातावरणको सुनिश्चितता गर्न तथा व्यक्तिको जीवनको अधिकार संरक्षण गर्ने गराउने कार्यमा संवेदनशील हुन आयोगले सरकार र सम्बद्ध निकायलाई आग्रहसमेत गरेको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०३:३६
प्रतिक्रिया दिनुहोस्