राहु र केतुसंग किन डराउँछन् मानिस ? यसको दुष्प्रभावबाट बच्न के के गर्ने ?
काठमाडौँ - राहु र केतुको नाम लिनासाथ धेरै डराउने गर्दछन् । यी दुबै ग्रह क्रुर हुने र समस्या ल्याउने कारक मानिन्छन् । यी ग्रहका कारण अशुभ परिणामबाट व्यक्तिले कैयौं शारीरिक र मानसिक समस्या भोग्नुपर्ने हुन्छ । यि दुई ग्रहको अन्य ग्रह झै वास्तविक रूप वा आकार हुदैन ।
राहु र केतु दुबै छाया ग्रह हुन् । यसमध्ये राहु शिर हो भने केतु शरीर हो । यसैले शरीरको माथिल्लो भागमा कुनै समस्या भए राहु र शरीरको तल्लो भागमा कुनै समस्या आएमा केतु जिम्मेदार हुने गर्दछ । कुण्डलीमा यी दुबै ग्रहका कारण कालसर्प दोषको समेत निर्माण हुन्छ । अर्थात कुण्डलीमा राहु र केतुको बिचमा सबै ग्रह आउँछन् भने यसलाई कालसर्प दोष मानिन्छ ।
यदि कुनै राशीका जातकको कुण्डलीमा राहुको दशा वा महादशा चल्दछ भने सो ब्यक्तिले कैयौँ समस्याको सामना गर्नुपर्ने हुन्छ । यदि कुनै राशीको जातकको कुण्डलीमा राहुको वक्र दृष्टि परेको छ भने उसको अगाडि संकटको लाम लाग्ने गर्दछ । यस्तै केतुको नकारात्मक प्रभावले व्यक्तिको जिवनमा अचानक संकट आउने हुनसक्छ । यस्तो अवस्थामा यी दुबै ग्रहसंग जोडिएका उपाय गरेर मात्र समस्याबाट मुक्ति पाउन सकिन्छ । राहु र केतुको प्रभावबाट बच्न निम्न उपाय गर्न सकिन्छ:
१०८ पटक राहु केतुको मन्त्र जाप गर्ने
राहुको मुख्य मन्त्र – ॐ भ्रां भ्रीं भ्रौं सः राहवे नमः केतुको मुख्य मन्त्र – ॐ स्रां स्रीं स्रौं सः केतवे नमः
यी देवी देवताको पूजा गर्ने
– राहु ग्रहको शान्तिको लागी माता दुर्गा भवानी तथा भैरव देवको आराधना गर्नुपर्छ । – त्यस्तै केतु ग्रहको शान्तिका लागी भगवान गणेशको आराधना गर्नुपर्छ । के धारण गर्ने ?
– राहु ग्रहको दुष्प्रभावबाट बच्न ८ मुखे रुद्राक्षको धारण गर्नुपर्छ । – साथै केतुको दुष्प्रभावबाट बच्न नौ मुखे रुद्राक्ष वा अश्वगन्धाको जरा धारण गर्नुपर्छ ।
यी बस्तुको दान गर्ने
– राहु ग्रहबाट मुक्ति पाउन जौँ, सरस्युँ, धातुका सिक्का, ७ प्रकारका अन्नको दान गर्नुपर्छ । – त्यस्तै केतुबाट मुक्ति पाउन केरा, तिल, कालो कम्बल लगायतका बस्तुको दान गर्नुपर्छ ।