Nic Ad Nic Ad
Nic Ad Nic Ad

उत्तर कोरियाको अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार

बिहीबार, मंसिर ८, २०७९

एजेन्सी - उत्तर कोरियाले अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरिया र अमेरिकाले सयुक्त सैन्य अभ्यास गरिहेको समयमा उत्तर कोरियाले यस्तो ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो ।

उत्तर कोरियाले ‘अपरिचित ब्यालेस्टिक मिसाइल’ प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ। ‘उत्तर कोरियाले पूर्वी सागर तर्फ अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ’ संयुक्त सेना प्रमुखले जारी गरेको विज्ञप्तिलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेको छ ।

यसअघि उत्तर कोरियाले सोमबार अमेरिका र दक्षिण कोरियालाई यस क्षेत्रमा ठूलो मात्रामा सैन्य अभ्यास रोक्न चेतावनी सहित आह्वान गरेको थियो । दक्षिण कोरिया र अमेरिकी गतिविधिले उत्तेजित गराएकोसमेत उत्तर कोरियाले जनाएको छ।

अमेरिका र दक्षिण कोरियाको निरन्तर र लापरबाही सैन्य गतिविधिका कारण कोरियाली प्रायद्वीप टकराव बढेको छ। अमेरिका र दक्षिण कोरियाले वर्षेनी सैन्य अभ्यास गर्दै आएका छन् जसको प्योङयाङले विरोध गर्दै आएको छ।

उत्तर कोरियाले बारम्बार आणविक परीक्षण गर्दै आएपछि अन्तर्राष्ट्रिय समुदायले प्योङयाङमाथि विभिन्न प्रतिबन्ध लगाएको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:५३
प्रतिक्रिया दिनुहोस्