तस्वीरमा हेर्नुहोस् काठमाडौँमा आयोजित उम्मेदवार मेला
काठमाडौँ– आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारको भेला काठमाडौँमा भएको छ । काठमाडौँका सबै उम्मेदवारको विचार, एजेन्डा र योजनासुन्न यो भेला आयोजना गरिएको हो ।
यस उम्मेदवार मेला कार्यक्रममा हरेक उम्मेदवारले जनतासामु आफ्नो एजेन्डा प्रस्तुत गर्ने र भोटको समेत अपिल गर्न पाइने छ । काठमाडौँ उपत्यकामा प्रमुख दल र स्वतन्त्र उम्मेदवारको सहभागितामा रहनेछ। यो मेलामा उम्मेदवारहरूले राष्ट्रिय र स्थानीय मामिलामा मतदातासँग आ-आफ्नो दृष्टिकोण प्रस्तुत गर्न पाउने आयोजकले जनाएको छ । अन्यत्र यस्तो प्रचलन भएपनि नेपालका लागि यो नयाँ अभ्यास हुने आयोजकको भनाइ छ ।
प्रदर्शनीमार्गमा रहेको भृकुटीमण्डप भित्र बिहान १० बजे देखि बेलुका ५ बजेसम्मको समय तोकेर हरेक उम्मेदवारलाई निमन्त्रणा दिइएको कार्यक्रमको व्यवस्थापक समितिले जानकारी दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:०३
प्रतिक्रिया दिनुहोस्