सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढ्यो
काठमाडौँ— बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबारको तुलनामा सुनको भाउ बुधबार बढेर प्रतितोला ९३ हजार ६०० रुपैयाँ पुगेको हो ।
त्यस्तै, तेजावी सुनको भाउ यसअघि प्रतितोला ९२ हजार ६०० रुपैयाँ रहेकोमा आज बढेर ९३ हजार १०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
महासंघकाअनुसार चाँदीको भाउ पनि आज प्रतितोला ५०० रुपैयाँले बढेको छ । यसअघि प्रतितोला एक हजार २१५ रुपैयाँ रहेको चाँदीको भाउ आज बढेर एक हजार २२५ रुपैयाँ पुगेको हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २२:२६
प्रतिक्रिया दिनुहोस्