Nic Ad Nic Ad
Nic Ad Nic Ad

बुधबार ७.३२ अकंले बढ्यो नेप्से, झन्डै डेढ करोडको कारोबार

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ–सोमबारदेखि खुलेको सेयर बजार बुधबार बजार परिसूचक नेप्से ७.३२ अंक (०.३८ प्रतिशत) ले वृद्धि भएको छ । सोमबार १६ अंकले बढेको नेप्से मंगलबार ५६ अंकको उच्च वृद्धि भएको थियो । लगातार दुई दिन बढेको बजारमा लगानीकर्ताले नाफा बुक गर्न खोज्दा बुधबार उताचढाव देखिए पनि अन्तिममा नेप्से सँगै कारोबार रकम पनि बढेर बन्द भएको छ । बुधबार भने नेप्से १९३८.३० अंकमा बन्द भएको छ । बुधबार बैंकिङ व्यापार र निर्जीवन बीमा बाहेकका सबै उपसूचक बढेका छन् । बैंकिङ उपसूचक ०.१९ प्रतिशत र व्यापार उपसूचक १.२३ प्रतिशतले गिरावट भएको छ । बुधबार नेप्सेमा ४३ लाख ७६ हजार ७०८ कित्ता सेयर कारोबार भएको छ । जसबाट १ अर्ब ४६ करोड ७९ लाख १५ हजारको कारोबार भएको छ ।  
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २०:४१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार