Nic Ad Nic Ad
Nic Ad Nic Ad

डा. तोसिमा कार्कीको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोग सवोच्च जाने

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं । ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेजीको निर्णयविरुद्ध निर्वाचन आयोग सर्वोच्च अदालत जाने भएको छ । लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले तोसिमाको उम्मेदवारी खारेज गरिदिएको थियो । तर, मंगलबार सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडालको इजलासले तोसिमाको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश दिएपछि उनको उम्मेदवारी कायम रहेको छ । सो अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्च जाने तयारी भएको आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:३५
प्रतिक्रिया दिनुहोस्