Nic Ad Nic Ad
Nic Ad Nic Ad

आईसीसी पुरुष टी–२०ः बंगलादेशमाथि भारतको जित

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ–बंगलादेशलाई अन्तिम बलमा हराउँदै भारत अष्ट्रेलियामा जारी आईसिसी पुरूष टी(२० विश्वकप क्रिकेटको सेमिफाइनल नजिक पुगेको छ। वर्षाले प्रभावित भएर १६ ओभरमा छोट्याइएको खेलमा १५१ रनको लक्ष्य पाएको बंगलादेशले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १४५ रन मात्र बनाउन सक्यो। उसका लागि लिथन दासले सर्वाधिक ६० रन बनाए। २७ बल खेलेका उनले ७ चौका र ३ छक्का हिर्काएका थिए। यस्तै नुरूल हसनले १४ बलमा २५ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। जाजमुल हसनले २१ रन बनाउँदा कप्तान शाकिब अल हसनले १३ र तास्किन अहमदले १२ रन बनाए। भारतका लागि अर्सदिप सिंह र हार्दिक पाण्ड्याले २(२ तथा मोहम्मद शामीले १ रन बनाए। त्यसअघि एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो।भारतका विराट ओपनर लोकेश राहुल र विराट कोहलीको अर्धशतक प्रहार गरेका थिए। कोहलीले ४४ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ६४ रनमा अविजित रहँदा लोकेश राहुलले ३२ बलमा ३ चौका र ४ छक्कासहित ५० रन बनाए। कप्तान रोहित शर्मा ८ बल खेल्दै २ रनमा आउट हुँदा सूर्यकुमार यादवले १६ बलमा ४ चौकासहित ३० रन जोडे। दीनेश कार्तिक र अक्षर पटेलले ७–७ रन बनाउँदा रविचन्द्रन आश्विन १३ रनमा अविजित रहे। हार्दिक पान्ड्याले ५ रन बनाए। बंगलादेशका मोहम्मद हसनले सर्वाधिक ३ विकेट लिए। यस्तै सकिब अल हसनले २ विकेट हात पारे। यो जितसँगै भारत सुपर १२ को समूह २ बाट सेमिफाइनल नजिक पुगेको छ। ४ खेलबाट ६ अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको भारतले अब अन्तिम खेलमा जिम्बावेसँग खेल्नेछ। यदि उक्त खेलमा जित हात पारे शीर्ष २ मा रहँदै भारत सेमिफाइनलमा पुग्नेछ। यस्तै बंगलादेशले अन्तिम खेलमा पाकिस्तानलाई हराए र भारत जिम्बावेसँग पराजित भएमा नेट रनरेटका आधारमा एक टोली सेमिफाइनलमा पुग्नेछ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १३:५९
प्रतिक्रिया दिनुहोस्