पहिला त अधिकारप्राप्त व्यक्ति नैतिकवान बन्नुपर्छ : एक प्रेरक प्रसङ्ग
काठमाडौँ - औषधीको खोजमा राजवैद्य चरक जङ्गल घुमिरहेका थिए । खेतमा फुलिरहेको एक सुन्दर फूलमाथि उनको दृष्टि पर्यो । यो कुनै नयाँ फूल थिएन, तर उनको मन उत्सुक भयो । खुट्टाहरु अगाडि बढिरहेका थिएनन् ।
शिष्यले सोधे- गुरुदेव ! टिपेर फूल ल्याउँ ? फूल त चाहिन्छ तर बगैँचाको मालिकको अनुमति विना फूल टिप्नु चोरी हो ।
शिष्य बोल्यो- गुरुदेव ! तपाईंलाई त राजाज्ञा छ । तपाईंले कतैबाट कुनै पनि वनस्पति इच्छाअनुसार लैजान सक्नुहुन्छ । राजाज्ञा र नैतिकतामा अन्तर छ ।
शिष्यले सोध्यो - भनाइको मतलब गुरुदेव ? यदि हामीले आश्रितको सम्पत्तिलाई हाम्रो स्वच्छन्दताले व्यवहारमा ल्यायौँ भने फेरि मानिसहरुमा आदर्श कसरी जगाउन सक्छौँ ?
साभारः ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:०४
प्रतिक्रिया दिनुहोस्