Nic Ad Nic Ad
Nic Ad Nic Ad

आयल निगमको नाफा १८ करोड

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं । नेपाल आयल निगमले १५ दिनमा १८ करोड रुपैयाँ नाफा गरेको छ । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले नाफा भए पनि ऋणका कारण उपभोक्ता मूल्य नघट्ने दाबी गरेको छ । ‘१ अक्टोबरमा प्राप्त नयाँ मूल्यअनुसार निगमलाई १८ करोड रुपैयाँ नाफा हुने देखिन्छ,’ निगमले विज्ञप्तिमा भनेको छ, ‘तर भारतीय आयल कर्पोरेसनलाई तिर्नु पर्ने बक्यौता र सरकारी ऋणका कारण तत्काल उपभोक्ता मूल्य घटाउन नसक्ने बाध्यत्मक अवस्थामा निगम पुगेको छ ।’ सरकार र भारतीय आयल निगमलाई तिर्नुपर्ने ऋण २९ अर्ब १३ करोड रुपैयाँ रहेको भन्दै निगमले तत्काल मूल्य घटाएर समायोजन गर्न सक्ने अवस्था नरहेको दाबी गरेको छ । ३० असोजमा भारतीय आयल कर्पोरेसनबाट प्राप्त मूल्यका कारण निगम नाफामा रहेको भन्दै निगमले १६ कात्तिकमा प्राप्त नयाँ मूल्य केही बढेर प्राप्त भएको जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:०४
प्रतिक्रिया दिनुहोस्