प्रधानमन्त्री कप क्रिकेटः लुम्बिनी प्रदेशलाई हराउँदै नेपाल पुलिस क्लव सेमिफाइनलमा
काठमाडौँ– लुम्बिनी प्रदेशलाइृ ६ विकेटले हराउँदै नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको सेमिफाइनलमा पुगेको छ । प्रतियोगिता अन्तर्गत लगातार तेस्रो जित निकाल्दै सेमिफाइनलमा पुगेको हो । बिहीबार भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई ६ विकेटले हराएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १८९ रनको लक्ष्य पुलिसले ३७ ओभर १ बलमा ४ विकेट गुमाएर १९२ रन बनायो ।
पुलिसको जितमा दीपेन्द्र सिंह ऐरीले अविजित रहदै सर्वाधिक ४३ रन बनाए ।
त्यस्तै आरिफ शेखले ३५ रन बनाउँदा सुनिल धमलाले ३६ रनको योगदान गरे । लुम्बिनीका अनिल खरेलले दुई विकेट लिए । त्यस्तै दुर्गेश गुप्ता र मुहमद हुसेनले एकरएक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ४४ ओभर २ बलमा अलआउट हुँदै १८८ रन बनाएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०४:२७
प्रतिक्रिया दिनुहोस्